Sun. Mar 16th, 2025

अफगानिस्तानको मस्जिदमा आक्रमण, २९ जनाको मृत्यु

१८ साउन, अफगानिस्तान –

अफगानिस्तानको पश्चिमी शहर हेरातमा रहेको एक मस्जिदमा आक्रमण हुँदा २९ जनाको ज्यान गएको छ । ६४ जना घाइते भएका छन् ।

इरानको सीमा क्षेत्रमा पर्ने पश्चिम शहर हेरातमा रहेको जावादिया मस्जिदको प्रवेशद्वारमा बम आक्रमण भएको हो । कम्तिमा दुईजना आक्रमणकारीले आक्रमण गरेको र त्यसमध्ये एकजना आत्मघाती आक्रमणकारी रहेको सरकारी अधिकारीले बताएका छन् ।

हेरात शहरका गर्भनरले आत्मघाती आक्रमणकारी मस्जिद भित्र प्रवेश गरी नमाज पढिरहेकालाई गोली चलाएको र त्यसपछि आफैलाई विस्फोट गराएको बताएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

२०७४ साउन १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: