Thu. Mar 6th, 2025

खाना पकाउने ग्यासको मूल्य घट्यो

१७ साउन,  धादिङ –

सरकारले खाना पकाउने ग्यासको मूल्य घटाएको छ  नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो । नयाँ मूल्य मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ ।

अब प्रति सिलिण्डरको उपभोक्ता मूल्य एक हजार तीन सय २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रति सिलिण्डरको मूल्य एक हजार तीन सय ५० थियो।

नयाँ दरअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १८ घाटा छ । त्यस्तै मट्टीतेलमा १७ रुपैयाँ १३ रुपैयाँ नाफा, हवाइ इन्धन (आन्तरिक) मा ९ रुपैयाँ १६ पैसा नाफा, र हवाइ इन्धन (बाहृय)मा २० रुपैयाँ २९ पैसा नाफा छ ।

हाल प्रतिलिटर पेट्रोलको मूल्य ९८ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७४/७४ रुपैयाँ, हवाइ इन्धन ९बाहृय० को मूल्य ८२, हवाइ इन्धन (बाहृय) को ७५ रुपैयाँ र ग्यासको प्रतिसिलिण्डर मूल्य ग्यास १ हजार ३ सय ५० रुपैयाँ छ ।

२०७४ साउन १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: