Thu. Mar 6th, 2025

सन् २०२८ को ओलम्पिक अमेरिकाको एलएमा हुने

१७ साउन,  धादिङ –

सन् २०२८ को ओलम्पिक अमेरिकाको एलएमा हुने भएको छ । अमेरिकाको लस एन्जलस (एलए) शहरमा क खेल आयोजना गर्ने भएको छ ।

यसअघि सन् २०२४ कै ओलम्पिक खेल आयोजनाको दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हटेको हो । सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका थिए । दुवै शहरले आफूहरुले ओलम्पिकका लागि तयारी सुरु गरिसकेकाले आयोजनाको जिम्मेवारी पाउनु पर्ने बताउँदै आएका थिए ।

तर अहिले आएर लस एन्जलसले सन् २०२४ को दाबी छोड्दै पेरिसलाई सजिलो बनाएको छ । गएको जुनमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले पेरिस र लस एन्जलसले एकपछि अर्को ओलम्पिक खेल आयोजना गर्ने निर्णय गरेको थियो । तर कुन वर्षको ओलम्पिक कहाँ हुने स्पष्ट पारेको थिएन ।

२०७४ साउन १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: