Mon. Mar 10th, 2025

जिसस धादिङमा एमालेले उम्मेदवार टुङ्गो लगायो


१६ साउन, धादिङ –

नेकपा एमाले धादिङले जिल्ला समन्वय समिति (जिसस) धादिङको निर्वाचनका लागि सबै पदमा उम्मेदवार टुङगो लगाएको छ ।

सोमबार पार्टी कार्यलय धादिङबेसीमा बसेको बैठकले सभापतिमा एमालेका संस्थापक नेता जगन्नाथ नेपाल र उपाध्यक्षमा त्रिपुरासुन्दरी गाउँपालिकाका बिन्दा बराम नेपालीलाई उठाउने भएको छ ।

त्यस्तै सदस्यहरुमा कृष्ण अर्याल (सिद्धलेक), खुनराज थापा (सिद्धलेक), उर्मिला रेग्मी (थाक्रे), कमल नारायण श्रेष्ठ (त्रिपुरासुन्दरी), सान्नानी परियार (ज्वालामुखी), सावित्रा सुनार ( गजुरी) उर्गेन बति तामाङ ( खनियावास) लाई उम्मेदवार नेकपा एमाले धादिङका अधयक्ष भूमि त्रिपाठीले पाविलन्यूज डटकमलाई जानकारी दिए ।

जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत छ । जिसस गठनका लागि मंगलबार उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने मिति तोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । निर्वाचन भने साउन २३ गते हुने मुख्य निर्वाचन कार्यलयले जनाएको छ ।

२०७४ साउन १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: