Fri. Mar 14th, 2025

कोरियामा किराको टोकाइबाट धादिङका तामाङको मृत्यु


१६ साउन,  कोरिया –

पन्ध्र महिना अघि कोरिया पुगेका एक नेपाली कामदारको अस्पतालमा उपचारका क्रममा आइतबार कोरियामा निधन भएको छ । छनानको सुनछङ्हयाङ् अस्पतालमा उपचार्थ धादिङ घर भएका २५ वर्षीय माइला तामाङको निधन भएको हो ।

छुङनामको ख्वाङछन क्षेत्रका एक बुङगुर फर्ममा कार्यरत मृतक तामाङलाई चिन्दगी ९किर्णा० नामक किराको टोकाइबाट निधन भएको चिकित्सकले शंका गरेको उनका साथी रमेश पुनले बताए । ज्वरो आउने, टाउको दुख्ने उल्टी हुने जस्ता लक्षण देखेपछि तामाङलाई साहुले अस्पताल पुराएको थियो । तामाङ कार्यरत नजिकैको अस्पतालले छनान रिफर गरेपछि उनी सो अस्पतालमा भर्ना भएका थिए । तीन दिन अघि उनी अचेत अवस्थामा पुगेका थिए ।

कोरियामा सो जंगली किरा चिन्दगीको टोकाइबाट हुने रोगको औषधी पत्ता लाग्न नसकेको कोरियन सञ्चार माध्यमले जनाएको छ । कोरियाको स्वस्थ्य सम्बन्धी तथ्यांका अनुसार हालसम्म चिन्दगीको टोकाईबाट १ सय ६० जना रोगग्रस्त छन् भने १९ जनाले ज्यान गुमाई सकेका छन् ।

२०७४ साउन १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: