Sun. Mar 16th, 2025

उत्तर कोरियाले परीक्षण गर्‍यो अन्तरमहादेशीय मिसाइल


१४ साउन,  कोरिया –

 उत्तर कोरियाले एक शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । शुक्रबार ‘ह्वासङ १४’ नामको दोस्रो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको एक उत्तर कोरियाली अधिकारीले पुष्टि गरेको कोरियन समाचार संस्था केसीएनएलाई उद्धृत गर्दे सिन्ह्वाले जनाएको छ ।

शुत्ररबार अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दावी गरेका थिए । केही हप्ताअघि मात्रै उत्तर कोरियाले पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ९आईसीवीएम० परीक्षण गरेको थियो ।

उत्तर कोरियाले गरेको पछिल्लो ब्यालेस्टिक मिसाइल परीक्षणको जवाफमा अमेरिका र दक्षिण कोरियाले संयुक्त मिसाइल परीक्षण गर्ने तयारी गरेको शनिबार बिहानै दक्षिणकोरियाली सेनाका अधिकारीले बताएको सिन्ह्वाले जनाएको छ।

२०७४ साउन १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: