
११साउन, धादिङ–
नयाँ मन्त्रीहरुको शपथ कार्यक्रम अपरान्ह ४ बजे हुने भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा ४ बजे हुने शपथ ग्रहण समारोहका लागि तयारी भइरहेको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिए । उनले मन्त्रिपरिषद् विस्तारको आधिकारिक चिठ्ठी भने प्राप्त भइनसकेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएपछि शपथको कार्यक्रम तय भएको हो । नयाँ मन्त्रीहरुलाई राष्ट्रपति विद्या भण्डारीले शपथ खुवाउनेछिन् ।
२०७४ साउन ११ गते प्रकाशित