Thu. Mar 6th, 2025

यु–१९ विश्वकप छनौट, नेपालले मलेसियालाई ५ विकेटले हरायो

९ साउन, धादिङ –

 

           आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट अन्तर्गत सोमबार नेपालले मलेसियालाई पाँच विकेटले हराएको छ । मलेसियाले प्रस्तुत गरेको ९० रनको लक्ष्य नेपालले मात्रै २२ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि रोहित कुमार पौडेलले नटआउट ३४ तथा दिपेन्द्र सिंह ऐरीले नटआउट १९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । नेपालका सन्दिप लामिछानेले सात विकेट लिए । यस्तै साहब आलमले दुई विकेट लिएका छन् ।
पाँच खेलमा चार खेल जितेको नेपालको ८ अंक भएको छ । नेपालले यसअघि भएको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । डबल राउण्ड रोबिन लिगका आधारमा सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग खेल्ने छ ।

यसअघि भएको अफगानिस्तानसँगको खेलमा भने नेपाल पराजित भएको थियो । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनौट हुनेछ ।

 

२०७४ साउन ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: