शंकर श्रेष्ठ धादिङ
११ फागुन
धादिङको मैदी गाऊँ विकास समितीलाई सोमबारबाट पुर्ण खोप गाविस घोषणा गरिएको छ । मैदीको सातदोबाटोमा आयोजित एक कार्यक्रमका विच सभाषद् गुरु बुर्लाकोटीले मैदि आजबाट पुर्ण खोप गाविस भएको घोषणा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभाषद वुर्लाकोटीले शिक्षा र स्वास्थ्य क्षेत्रको सरकारले जिम्मा लिनेुपर्ने बताउनुभयो । जिवन स्वस्थ्य राख्न र खानकै मानिसहरु भ्रष्टाचारतर्फ लम्किने गरेको उदाहरण दिनुहुँदै बुर्लाकोटीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सके मुलकमा भ्रष्टचार कम हुने बताउनुभएको हो । अर्काे प्रसंङ्गमा बोल्नुहुँदै बुर्लाकोटीले बुढिगण्डकी जलविद्युत आयोजना सम्पन्न गर्न स्थानिय स्तरबाट पहल थाल्न मैदीवासीहरुलाई आग्रह गर्नुभयो । आयोजना निर्माणको लागि धादिङ र गोरखाका सभाषदहरु एक भएर लागिरहेको जानकारी गराउँदै बुर्लाकोटीले कसैको लहलहैमा लागेर बुढिगण्डकी जलविद्युत आयोजना भड्काउने तर्फ नलाग्न पनि सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डाक्टर गंगाराम चौधरी, क्षेत्रिय स्वास्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशाशक टंकप्रसाद चापागाई, जिल्ला स्वास्थ्य कार्यलय धादिङका वरिष्ठ जनस्वाथ्य प्रशाशक जिवन कुमार मल्ल लगायतले पुर्ण खोप गाविस घोषणा गरेपनि अभियानकै रुपमा खोप कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यलय धादिङ, मैदी स्वास्थ्य चौकीको आयोजना र मैदी गाविस कार्यालय, जगतज्योती सामुदायिक विकास समाज जेड्स मैदी, दिपज्योती महिला पशुपालन तथा कृषि सहकारी र महिला स्वास्थ्य स्वयं सेविकाहरुको सहयोगमा मैदीलाई औपचारिक रुपमा जिल्लाकै दोस्रो पुर्ण खोप गाविस घोषणा गरिएको हो ।
गाविस भित्र विभिन्न ८ वटा खोप केन्द्र संचालन गरेर १ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाएपछि गाविसलाई पुर्ण खोप गाविस घोषण गरिएको हो । गत मंसिर महिनामा गरिएको गणनाअनुसार मैदी गाउ विकास समितिको १ सय ९९ बालबालिकाहरुलाई खोप लगाइसकेको र कुनै पनि बच्चा खोपबाट बञ्चित हुनु नपरेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत सरोद आचार्यले जानकारी दिनुभयो । अब खोप लगाउनुपर्ने बालबालिकालाई समिभञ्ज्याङ, अमराई, ठुलोचौर, रातमाटा, शितलटार लगायतका स्थानमा रहेका खोपकेन्द्र मार्फत खोप लगाईने मैदी स्वास्थ्य चौकी प्रमुख तारकेश्वर पट्टेलले बताऊनुभयो ।
कार्यक्रममा बोल्दै गाविस महासंघका महासचिव भिम प्रसाद ढुङ्गाना, जिल्ला अस्पताल विकास समितीका अध्यक्ष प्रेमनाथ सिलवाल, खोप अधिकृत सरदप्रसाद आचार्य लगायतले बच्चा जन्मेको १ वर्ष भित्र लगाऊनुपर्ने सबै खोप लगाऊन छुट्यो भने बालबालिकामा लुला लङ्गडा र अपाङ्गताको समस्या देखिने भएकाले नजिकको खोप केन्द्रमा गई पुर्ण रुपमा खोप लगाऊने सुझाव दिनुभयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य नन्दप्रसाद काप्री सहित राजनितिक दलका पार्टी प्रतिनिधि एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबासलकाको व्यक्तिगत सरसफाईमा ध्यान दिन सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा पूर्ण खोप गोविस घोषणामा सहयोग पु¥याउने विभिन्न संघसस्था र व्यक्तिहरुलाई सम्मान गरिएको छ ।