
६ साउन, धादिङ –
ग्रिस र टर्कीको सीमा रहेको इजियन सागरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण दुईजनाको ज्यान गएको छ । टर्की तथा ग्रिसको तटीय क्षेत्रमा नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पमा परि ग्रिसको कोस आइल्याण्डमा दुईजनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । झण्डै दुई सय जना घाइते भएका छन् ।
घाइते हुनेमा ग्रिसका कोस आइल्याण्डमा रहेका एक सय २० तथा टर्कीका ७० जना रहेको दुई देशका अधिकारीले बताएका छन् । ग्रिस तथा टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्य भूकम्पका कारण बढी प्रभावित भएका छन् ।
२०७४ साउन ६ गते प्रकाशित