

५ साउन, धादिङ –
आइसीसी यू १९ विश्वकपको एशियाली छनोटमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ ।
१९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा मात्र ४९ रनमा अलआउट भयो र अफगानसँग १४१ रनले पराजित भएको छ ।
अफगानिस्तानको यो लगातार तेस्रो विजय हो । सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।
सिंगापुर क्रिकेट क्लबमा नेपालले टस जितेपछि आएको अफगानिस्तान ४९।४ ओभरमा १ सय ९० रनमा अलआउट भयो । तर जवाफमा आएको नेपाल २६ ओभरमा ४९ रनमा सीमित भएपछि लज्जास्पद हार बेहोरेको हो ।
२०७४ साउन ५ गते प्रकाशित