Wed. Mar 5th, 2025

कार्यकारी अधिकृत चढेको गाडी गजुरीमा दुर्घटना, १ जनाको मृत्यु, २ घाईते

५ साउन,  धादिङ – 

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिकास्थित १ गलौदीमा बिहिबार स्कारपियो जीप पल्टिदाँ १ जनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौँ जाँदै गरेको बा १५ च ४५२६ नम्बरको स्कारपियो आफै अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

गाडीमा कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद शर्मा, उनका श्रीमती र छोरा सवार थिए । दुर्घटनामा उनका श्रीमती विष्णुकुमारी शर्माको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।

घटनामा उनका छोरा शशांङक शर्मा घाईते छन् । घाईतेको गजुरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७४ साउन ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: