३ साउन धादिङ ।
भूकम्पबाट अति प्रभावित छ जिल्लाका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको सहयोगमा सूचना प्रविधि केन्द्र (आइसिटी सेन्टर) स्थापना गरिएको छ ।
विद्यालयमा (आइसिटी सेन्टर) स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराइसकेको छ । मासिकरुपमा ३० जिबी डाटा भोलुमको इन्टरनेट सुविधा दुई वर्षसम्म निःशुल्क उपलब्ध गराईएको छ ।
नेपाल टेलिकमले गत आर्थिक वर्षमा दशरथचन्द मावि छत्रेदेउराली धादिङ, पशुपति कन्या मावि चरिकोट दोलखा, ज्ञानमन्दिर नमूना मावि मेलचौर सिन्धुपाल्चोक, रसुवा उच्च मावि धुन्चे रसुवा र बिन्द्रावति उच्च मावि मसेल गोरखामा सूचना प्रविधि केन्द्र स्थापना गरिएको र त्यहाँबाट सेवा सञ्चालनसमेत भइरहेको जनाएको छ ।
नेपाल टेलिकमले शारदा मावि प्याउली भोजपुर, रत्नचुण्डेश्वर मावि पानीमुण्डे बनेपा, सगरमाथा मावि ओखलढुंगा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतीदेवी मावि सालु रामेछापमा केन्द्र स्थापना गर्न सहयोग गरेको हो । ती केन्द्रमा विद्यार्थी तथा शिक्षकले इन्टरनेटमार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने छन् ।
२०७४ साउन ३ गते प्रकाशित