Wed. Mar 5th, 2025

असल अभिभावक र सामजिक परिवेश


रेख बहादुर गुरुङ –

मानव सभ्यता लगभग एउटा रिले दौडजस्तै हो भन्दा फरक नपर्न सक्छ । यहाँ पुस्ताहरु परिवर्तन हुदै जान्छन अनि सभ्यता र बिकासहरु क्रमैअनुसार चल्दै जान्छन् । एउटा मुलभुत प्रश्न, परिवेश अनि पृष्ठभूमिगत चुनौती हामीमध्य सबैले भोग्दै अनि देख्दै आएका छौं, कसैकसैले पुस्तारन्तरण या जेनेरेशन ग्याप अनि अरु बिभिन्न नामले परिभाषा गरेको हुनसक्छ । हामीले सुनिआएक छौं, बएकपुस्ता अगाडिकाले नयाँ पुस्तालाई सँधै तिमीहरुरु भन्दा हामी गज्जब, राम्रा, सभ्य अनि अनुसाशीत, प्रविधीले पुस्ता बिगार्यो, प्रेम गर्ने बिकृतीले समाज बिथोल्यो भन्ने सक्क सुनिन्छ ।

आखिर के हो त ? अनि मुख्य कुरा आमाबुवा या अभिभावक बिचको समबन्ध कस्तो हुजपर्दछ र यसमा अभिभावक र छोराछोरी दुबैको सोच र व्यबहार परिवर्तन बिषयक एउटा छलफल कार्यक्रम असार ३१ गते शनिवार धादिङ वेसीमा सम्पन्न भएको छ ।

आखिर बिकास के हो त ? घर, गाडी महत्वपूर्ण छन् या पारिवारीक समबन्ध र सदभाव अनि स्नेह पनि उत्तिकै महत्वपूर्ण छ रु यसै कुराहरु अनि थप छलफल स्थानीय अगुवाहरु, जिल्ला सामाजिक बिकास अधिकृत बिनोद अर्याल र जिल्ला स्वास्थ कार्यलयका गैरसरकारी संस्थाहरुका फोकल व्यक्ति बिष्णु रिजालको लगायत हिम्स नेपालका कार्यकारी निर्देशक शिलास तामाङ लगायत करिब दुइदर्जन अभिभावकहरुको उपस्थितीमा भएको हो ।

जिल्ला स्वास्थ कार्यलय धादिङ र सक्रिय साथ नामक गैरसरकारी संस्थाको आयोजनामा गरिएको उक्त कार्यक्रम वास्तवमा सक्रय साथले बिकास गरिरहेको निर्देशिका अभिभाकत्व एउटा स्नेहपूर्ण यात्रा र मेरो जीवन अब आरम्भ हुन्छ का लागि गरिएको सामाजिक अन्वेषण र मुद्धाहरु संकलनका लागि पनि गरिएको कार्यक्रमका सञ्चालक बालकृष्ण खत्रीले बताए ।

सक्रिय साथका प्रतिनिधीहरु सुयोग ढकाल र श्याम सुन्दर बांस्कोटाले यी तालिम निर्देशिकाहरु लिएर आफूहरु बिभिन्न संघसस्थाको समन्वयमा उत्तरी भेगहरु लापा, झार्लागं र रि पटक पटक पुगेर आएका बताए ।

बिषयहरु गहकिला थिए, आखिर बालबालिका अभिभावकका लागि सम्पती हुन् या सपना रु किन बिग्रन्छ बालबालिका र अभिभावक बीचको समबन्ध ?  के हामीहरु आफ्ना बालबालिकाको रुची, बिकास र धारणा अनुरुप प्रेरित गर्न सक्षम छौं त रु यस्ता कुरामा दुई घण्टा बढि छलपफल भएको थियो ।  उपस्थित अगुवाहरु यस्ता छलफलहरु र समस्याका समाधान लगायत का कुराहरु आआफ्नै समुदायर र सभाहरुमा समेत लिएर जाने बताए ।

आफुलाई कार्यक्रम र बिषय सान्दर्भिक लागेको बताँउदै जिल्ला सामाजिक बिकास अधिकृत बिनोद अर्यालले अभिभावकले बालबालिकासँग साथीत्वमय व्यबहार गर्नपर्ने बताए ।

उत्तरी भेगतिर बालबालिकालाई पढ्न वेसी या काठमाडौ पठाउने चलन भएको र बालबालिकाहरु अभिभावकवाट पर हुन गएककारणले बाल मनोवृतीका असर परेको कुराहरु पनि बताइएका थिए ।

आखिर किन आजभोलीका यूवालाई समाज र परिवारप्रतीको दायित्व वोध गराउन अभिभावक सक्षम हुनसकेका छैनन् रु जिल्ला स्वास्थ कार्यलयका गैरसरकारी संस्थाहरुका फोकल व्यक्ति बिष्णु रिजालले बालबालिका अभिभावकसंग डराउने भन्दा पनि खुल्नसक्ने वातावरण को श्रृजन ागर्न पर्ने बताए ।

यी कुराहरुमा सामाजिक नेतृत्वहरु, अगुवाहरु अनि अभिभावक स्वंको महत्वपूर्ण भुमिका रहने कुरामा जोड दिए ।  बालबालिकाहरुले धेरै टिभी या मोबाइलमा समय विताउनु समय अनुसारको माग पनि हुनसक्छ तथापि समय कतिसम्म दिने या नदिने भन्ने कुरा अभिभावकले निर्धारण गरिदिनुपर्ने विषयमा पनि छलफल भएको थियो ।  अभिभावक स्वं पनि प्रविधीसँग नजिक हुन जान्नुपर्ने आफ्नो सीप र शैलीलाई समेत परिमार्जित गर्दै अगाडि बढ्ने कुरामा छलफल भएको थियो ।

बालबालिका प्रती अभिभावकको अपेक्षा र त्यसअनुरुप अभिभावकको दायित्व दुबै जरुरी रहेको र अभिभाकत्वलाई बास्तवमै एउटा स्नेहपूर्ण यात्राका रुपमा पूर्नव्याख्या गर्नमा केन्द्रित उक्त कार्यक्रम र छलफलवाट आएको कुराहरु समावेश गर्दै तालिम र अभिमूखिकरण कार्यक्तमहरु आयोजना गरिरहने आयोजकका तर्फवाट सक्रिय साथका प्रतिनिधी सुयोग ढकालले बताए ।

परिवर्तित परिपेक्ष्यमा एउटा असल अभिभावक र छोराछोरी दुबै हुनकालागि हामीसबैले फेरि सोच्नै पर्ने बेला आएको छ । पारिवारीक समबन्ध को सुमधुरतामै जीवनको रमाइलो र प्राप्तीहरुको असली अर्थ रहन्छ, हैन र ?

२०७४ साउन १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: