२२ असार, दार्चुला-
भारतको पीथरौगढ जिल्लाको खोतिला भन्ने स्थानमा जीप दुर्घटनामा परि एकै घरका ३ जना नेपालीको मृत्यु भएको छ ।
युके ०५ पीए १२८१ नम्बरको जीप भारतको गर्भाधारबाट धार्चुलातिर आइरहेका बेला खोतिला भन्ने ठाउँ विहीबार दिउँसो पहिरोमा परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा दार्चुला, पीपलचौर सौतलीका हिरादेवी बम उनका छोरा ओमकार र छोरी प्रियंका रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोले जीप पुरिदा जीपमा सवार ३ जना नेपाली तथा २ जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।
२०७४ असार २२ गते प्रकाशित