Thu. Mar 6th, 2025

पहिलो एपिएलको उपाधी नेपाल स्ट्रोमलाई

२० असार,काठमाण्डौ –

मंगलबार कीर्तिपुर मैदानमा भएको खेलमा श्रीलंकन लायन्सलाई २७ रनले हराएर नेपालले पहिलो एपिएलको उपाधी जीतेको छ ।  पानीले प्रभावित भएपछि १० ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल स्ट्रोम्सले १० ओभरमा ७ विकेट जाँदा १ सय ८ रन बनाएको थियो ।

१ सय ९ रनको लक्ष्य पछ्याएको श्रीलंकन लायन्सले १० ओभरमा ७ विकेट जाँदा ८१ रन मात्रै बनाएपछि नेपाल स्ट्रोम्सले उपाधी जितेको हो । श्रीलंकन लायन्सका हर्सनाले २० बलमा २६ रन, सञ्जय खिचडले १६ बलमा २३ रन, आकाश गोतालले ७ बलमा १२ रन बनाए । नेपाल स्ट्रोमका मालविन्दर, गौरभ बारबाडे र आशिस विष्टले दुई दुई विकेट लिए ।

नेपाल स्ट्रोमलाई जिताउन पवन चंडेलले १९ बलमा ४२ रन, अनिल शर्माले १० बलमा २३ रन साथै भुपेन्द्र थापाले १४ बलमा १४ रन बनाए ।  श्रीलंकन लायन्सका उत्सव चन्द्रा, हर्सना र लोवी ब्रारले दुई दुई विकेट लिए ।
२०७४ असार २०  गते प्रकाशित

About The Author

अन्य समाचारहरु: