राधिका सापकोटा
हाम्रो समाज सदियौँ शताव्दि नै पितृसत्तात्मक साेंच र मानसिकताबाट नियन्त्रित तथा निर्देशित छ । इतिहासलाई फर्केर हेर्दा नेपाली महिलाहरूले आत्मसम्मानका साथ बाँच्न पाउनु पर्ने अधिकारको निम्ति प्राचिनकालदेखि विभिन्न खालका आन्दोलन चलाए÷राजनैतिक परिवर्तका लागि पुरुषहरूसँग काँधमा काँध मिलाउँदै हालसम्म भएका सम्पूर्ण आन्दोलनमा जिम्मेवार नागरिएकको रूपमा अग्रपङ्गतीमा रही आन्दोलनको नेतृत्व गर्दै आए । तर परिवर्तन पछि महिलाहरू सर्दै सिमातीकृत हुर्दै आए आज पनि कानुनी रूपमा केही व्यवस्था गएको भएका पनि व्यावहारीक जटिलताले महिलाहरू पीडित भएर, हिंसा सहेर, आफूलाई कमजोर, असक्षम र मूल्यविहिन सेवाप्रदायकको रूपमा जीवन बाँचिरहेका छन् । राजनैतिक परिवर्तन पछि एकाध ठाँउमा भएका उपलब्धिलाई नै सम्पूर्ण रूपमा परिभाषित गर्ने र त्यसकै आधारमा सन्तुष्टिका सन्देश प्रवाह गर्ने र राजनैतिक लोकप्रियता हासिल गर्ने प्रयास वा प्रचलन व्यापक छ । त्यो प्रचार र सिमित व्यवस्थाको राप पाएका महिलाहरू बाहेक अन्य महिलाहरूको जीवन शैलीमा कुनै प्रभाव पार्न सकेको छैन । फलस्वरूप एक्काइसाँै शताब्द्धिसम्म आइपुग्दापनि हिंसा, तिरस्कार उत्पीडन सहेर बाँच्न विवस छन् ।
देशमालामो समयसम्म चलेको राजनैतिक द्वन्द्वले सिर्जित हिंसाबाट महिलाहरू थप पीडित भएका छन् । शान्ति स्थापनाको क्रममा समेत त्यो प्रभावको कुनै रूपमा सम्बोधन हुन सकेको छैन । आज देश दिगो शान्ति स्थापनाको मार्गतर्फ उन्मुख छ । शान्ति स्थापनाको लागिना गरिकहरूको तहबाट व्यापक बहस तथादबाब बढिरहेको छ । संविधान निर्माण गरी सबै प्रकारका द्वन्द्व, हिंसा, असमानता, विभेद, निरंकुशता, उपेक्षा र अपमानयुक्त व्यवहार सधँैको लागि समाप्त हुने अपेक्षा गरिरहेका नागरिकहरू जिम्मेवार राजनैतिकदलको नेतृत्वको कार्यशीलबाट निरास बन्न लागेका छन् । नेपालको समग्र विकास संविधान निर्माण प्रक्रियामा अल्झिरहेको छ । मुलुकको सामाजिक, आर्थिक, राजनीतिक लगायत राज्यको सम्पूर्ण संरचना परिवर्तन गरेर मात्र शान्ति कायम गर्न सकिन्छ अन्यथा देशमा न्ययपूर्ण शान्तिकायम हुन सक्दैन । समाजमा विद्यमान लैङ्गिक, जातीय, भाषिक, धार्मिक, साँस्कृतिक, राजनैतिक तथा भौगोलिक क्षेत्रमा रहेको असमानता जस्ता संरचनागत विभेदले विभिन्न क्षेत्र, पेशा, लिङ्ग र धर्ममा गहिरो प्रभावपारेको छ ।
ओरेक नेपालले प्रकाशन गरेको अन्वेषी २०७१ (जसमा २०७० श्रावण देखि २०७१ असार सम्मका घटना संकलनगरिएको छ)को तथ्याङ्कका आधारमा महिलामाथि हुने हिंसाका २२२५ वटा घटनाहरु संकलन गरी विश्लेषण गरिएको मा हेर्दा घरेलु हिंसाबाट १५०३ जना महिलाहरु पीडित भएको देखिन्छ भने सामाजिक हिंसाबाट २६७, बलात्कारबाट १९९, यौनिक हिंसाबाट ७६, हत्याबाट २६ जना र बेचविखनबाट १४ जना महिलाहरु पीडित भएको देखिन्छ । यो तथ्याङ्कलाई हेर्दा महिलाहरु माथि घरभित्रैबाट सबै भन्दा वढि हिंसा भएको देखिन्छ । हामी सबैले घरलाई आफ्नो सुरक्षित स्थानको रुपमा लिन्छौं तर घर नै महिलाहरुको लागि सबै भन्दा वढि असुरक्षित वनेको कुरा यो तथ्याङ्कले पुष्टि गरेको छ । घरेलु हिंसा सम्बन्धि सजयँ र कसुर ऐन २०६६ र यसको कार्यवीधि समेत आइसके पनित्यसको कार्यान्वयन प्रभावकारी रुपमा हुन नसकेका कारण महिलामाथि हुने घरेलु हिंसा यति धेरै वढिरहेको अवस्था देखिन्छ । एकातिर कानुन आफैमा प्रभावकारी छैन भने भएको कानुनको पनिप्रभावकारी कानुनन हुनुले हिंसामा संलग्न दोषिहरु झन हिंसा गर्न प्रेरित गरिरहेको छ जसको परिणाम स्वरुप घरेलु हिंसा यतिधेरै वृद्धि भएको देखिन्छ ।
घरेलु हिंसामा सबै भन्दावढि आफ्नै श्रीमान संलग्न भएको तथ्याकं पाइन्छ । अन्नवेषीका अनुसार घरेलु हिंसामा८० प्रतिशत पीडकहरु पीडितका श्रीमानहरु नै छन् भने २० प्रतिशत परिवारका सदस्यहरु पीडक छन् । यसलाई हेर्दापनिपुरुष र महिलाविच भएको असन्तुलित शक्ति सम्बन्धका कारण आफ्नै श्रीमानबाट श्रीमतीमाथि हिंसा भइरहेको छ । यसै गरीे सामाजिक हिंसामा पनि ७७प्रतिशत हिंसा आफ्नै छिमेकीबाट, ९ प्रतिशत पारिवाकि सदस्यर १४ प्रतिशत मात्रै अन्यबाट भएको पाइन्छ । बलत्कारका घटनालाई हेर्ने हो भने पनि ४९ प्रतिशत छिमेकीबाट, १८ प्रतिशत आफ्नै परिवारका सदस्यहरुबाट, ७ प्रतिशत साथी वा प्रेम सम्बन्ध भएकाहरुबाट, ४ प्रतिशत श्रीमानबाट, ३ प्रतिशत आफ्नै शिक्षकबाट र १ प्रतिशत अन्य र पहिचान नभएकाहरुबाट भएको पाइयो । यस्तै हत्याका घटनाहरुलाई हेर्दा ३५ प्रतिशत घटना श्रीमानले श्रीमतीको हत्या गरेका घटना छन् भने, २५ प्रतिशत परिवारका सदस्यबाट, १३ प्रतिशत प्रेमी साथीबाट, १० प्रतिशत छिमेकीबाट भएको पाइन्छ भने १७ प्रतिशत सम्बन्धन भएका व्यक्तिहरुबाट भएको पाइन्छ ।
महिलामाथि हुने हिंसाको असरहरुलाई हेर्दा सबै भन्दा वढि ५१ मानसिक असर २५ शारीरिक १८ प्रतिशत सामाजिक असर परेको, ६ प्रतिशत आर्थिक असर रहेको पाइएको छ । यसरी हेर्दा महिलामाथि हुने हिंसाको सबैभन्दा वढि असर महिलाहरुको मानसिक अवस्थामा परेको देखिन्छ । जसको कारण महिलाहरुका सबै सृजनात्मक क्षमताहरु ह्रास भएको अवस्था छ । महिलाहरुले गर्न सक्ने थुप्रै कामहरु गर्न सकिरहेका छैनन् । सबै भन्दा वढि सुरक्षित र सबै भन्दा नजिक मानिने मानिसहरुबाट नै महिलाहरु सबै भन्दा वढि असुरक्षित र पीडित वनिरहेको कुरा यीतथ्यहरुले देखाउँछ । हामी अरु नचिनेको मानिसहरुसंग सबै भन्दा वढि डराउँछौं र आफ्नाहरु संग सुरक्षित महसुस गछौं तर यो तथ्यांकले अपरिचित भन्दा नजिक र चिनेकाहरुबाट नै महिलाहरुमाथि सबै भन्दा वढि हिंसा भइरहेको तथ्यलाई सार्वजनिक गरेको छ ।
यी सबै कुराहरुलाई हेर्दा महिलाहरुमाथि हुने हिंसाको सबैभन्दा मुख्य कारक तत्व भनेको हाम्रो समाजमा जरो गाडेर वसेको सामाजिक मुल्य, मान्यता, संरचना, प्रथा र परम्परा रहेको पाइन्छ । नेपालमा महिला माथि हुने हिंसालाई सामान्य रुपमा लिनुका कराणले न्यायीक निकाय, पीडक र पिडितले सम्म महिलामाथि भएको हिंसालाई सामान्य रुपमा लिएका कारण त्यो अपराधको रुपमा स्थापित भएर पीडक उपर कार्वाही हुन नसकिरहेको अवस्था छ ।