Sat. Mar 1st, 2025

धादिङका किसानलाई व्यावसायिक तरकारी खेती तालिम

१६ असार,  सिद्धलेक (धादिङ) –

 
धादिङको सिद्धलेक गाउँपालिका ४ आरुवासटारका किसानहरुलाई व्यावसायिक  तरकारी खेतीसम्बन्धी तालिम प्रदान गरिएको छ ।

किसानलाई व्यावसायिक बनाएर आर्थिक सुधार संगै आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको फोकस नेपाल धादिङका विनोद छत्कुलीले जानकारी दिए ।

प्राक्टिकल एक्सन काठमाण्डौ र फोकस नेपाल धादिङको संयुक्त आयोजनामा सञ्चालित ३ दिने तालिममा बेमौसमी तरकारी खेती, तरकारी खेतीका लागी बेर्ना उत्पादन, नर्सरी ब्याड बनाउने तरिका, फाइदा, महत्त्व र प्लास्टिक घर निर्माण, बिरुवा लगाउने तरिका तथा ध्यान दिनुपर्ने कुराहरूका विषयमा सिकाइएको थियो।

तालिममा  जिल्ला कृषि विकास कार्यालय धादिङका कृषि प्रसार अधिकृत रामचन्द्र गौतम , प्राक्टीकल एक्सन काठमाण्डौका कृषि तथा खाद्य सुरक्षा आयोजनाका प्राविधिक धर्म प्रसाद पाण्डे र सन फार्मर नेपालका मीन विक्रम मल्लले सहजीकरण गरेका थिए। कार्यक्रममा कृषकहरुरुलाइ नर्सरी राख्ने विधिवारे प्रयोगात्मक रुपमा नै गराएर देखाइएको थियो ।

 
२०७४ असार १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: