Wed. Nov 27th, 2024

अनेरास्ववियु धादिङद्धारा एस.ई.ई.मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

दोलख गुरुङ / १४ असार,  धादिङ –

 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धादिङले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि २०७३ सालको माध्यमिक तहको परिक्षा एस.ई.ई. मा सहभागी भइ जिल्लाबाट उतिर्ण विद्याार्थीहरुलाई सम्मान गरिको छ ।

अनेरास्ववियु जिल्ला कमिटि धादिङका अध्यक्ष सुधिर विसुरालको अध्यक्षता तथा नेकपा एमालेका पोलिटब्यूरोे सदस्य तथा पूर्व मन्त्री डा.गंगालाल तुलाधरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यक्ष भूमि त्रिपाठि, अनेरास्ववियु केन्द्रिय कमिटिका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख सुदर्शन शिवाकोटि, सचिवालय सदस्य वाङछु योञ्जन ,निर्वाचन आयोगका सचिव रमेश प्रधान ,केन्द्रि कमिटिका सदस्य सन्तोष राना क्षेत्रि ,विभिन्न विद्यालय तथा कलेजका शिक्षकहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमा जिल्लाको विभिन्न सामुदायिक तथा निजि विद्यालयबाट उतिर्ण विद्यार्थीहरुलाइ सम्मान पत्र तथा मेडलबाट सम्मान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि डा.गंगालाल तुलाधरले आफुले चाहेकोे विषय छनौट गरि पढ्न र जुन विषयमा अध्ययान गरिन्छ, त्यस विषयमा विशिष्टता हासिल गरि भविष्यको सुन्दर देश नेपाल निर्माण गर्ने पनि विद्यार्थीहरुनै भएकोले लगनशिल र मेहेनतका साथ पढ्न आग्रह गर्दै आगामि दिनमा शैक्षिक सफलताको कामना गरे ।

कार्यक्रममा यस वर्षको एस.ई.ई.परिक्षामा ब्राइट फ्युचर कोअपरेटिभ इङलिस बोर्डिङ स्कुल बेनिघाट मलेखुबाट सहभागी भई ३.८५ जिपीए प्राप्त गरि जिल्ला प्रथम हुन सफल सिद्धलेक गाउँपालिका वडा नम्बर १ नलाङ निवासि छात्रा अविना अर्याल सहित उपस्थित विभिन्न जिपिए प्राप्त गर्ने करिब २५० जना विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो । अनेरास्ववियु धादिङले विगत १५ बर्षदेखि माध्यमिक तह उतिर्ण हुने विद्यार्थीहरुलाइ बधाइ तथा सम्मान गर्दै आइरहेको छ ।

 

२०७४ असार १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: