Sat. Nov 16th, 2024

सार्वजनिक सुनुवाई सम्बन्धी जिल्ला समन्वय समितिको कार्यालय धादिङको जरुरी सूचना

जिल्ला समन्वय समितिको कार्यालय, गाउँपालिका, विषयगत कार्यालयहरु एवं गैर सरकारी निकायहरुको सेवा प्रवाह एवं संचालित योजना तथा कार्यक्रमहरुको सम्बन्धमा सरोकारवालाहरु बीच दोहोरो अन्तर सम्बाद गरी गुनासा एवं सुझावहरुको यथोचित समाधानको लागि देहाय अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकोले कार्यक्रममा सहभागि हुन सेवाग्राही, उपभोक्ता एवं उपभोक्ता समितिका पदाधिकारीहरु, वडा नागरिक मन्चका प्रतिनिधि, राजनैतिक दल प्रमुख एवं प्रतिनिधिहरु, विकास प्रदायक सरकारी तथा गैर सरकारी संस्थाहरु, शिक्षक, बुद्धिजिवी, संचारकर्मी लगायत आम सरोकारवालाहरुलाई अनुरोध गरिन्छ  ।

कार्यक्रम हुने स्थान , मिति र समय

मिति : २०७४ असार १६ गते, शुक्रवार
स्थान : बुङचुङ बजार, सिद्धलेक गाउँपालिका
समय : विहान १२ः३० बजे देखि

 

 

२०७४ असार १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: