Mon. Mar 10th, 2025

मौसमविदका सुझाव : मध्याह्नअघि नै मतदान गर्नुस्


१३ असार, काठमाडौं – 

 

मोसमविदले १४ असारमा हुने दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न सुझाएका छन् । मध्याह्नपछि बढी वर्षा हुने सम्भावना रहेको भन्दै उनीहरुले मतदातालाई यस्तो सुझाव दिएका हुन् ।

निर्वाचनका दिन ९बुधबार० बिहान ७ बजेदेखि वर्ष भए पनि ७ बजेपछि प्रदेश नं। १, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तीन दिनसम्मको मौसमी पूर्वानुमान गर्ने महाशाखाले दोस्रो चरणको निर्वाचनका दिन पानी पर्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहान ७ बजेको समयमा प्रदेश १ का पूर्वी जिल्लाहरुमा सामान्य वर्षा हुनेछ । राजधानी दैनिकबाट

 
२०७४ असार १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: