Sat. Feb 22nd, 2025

इंल्याण्डमाथि न्यूजिल्याण्डको सानदार जित

विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार बिहान आयोजक न्यूजील्याण्ड सामु इंल्याण्ड निरिह सावित भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ३३.२ ओभर खेल्दै १२३ रनमा अल आउट भएको थियो। १२४ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २ विकेटको क्षतिमा १२.२ ओभरमै पूरा गर्‍यो।

khel photoन्यूजिल्याण्डलाई सहज जित दिलाउने क्रममा ओपनर ब्रेण्डन म्याककुलमले विस्फोटक ब्याटिङ गर्दै ७७ रन बनाए। सर्वाधिक छोटो ८ फागुन । समयमा ५० रन बनाउने खेलाडीसमेत बनेका म्याककुलमले १८ बलमै ५० रन पूरा गरेका थिए । यस्तै अर्का ओपनर गुप्तटिलले २२ रन बनाए । म्याककुलमले २५ बलमा ७ छक्का र ८ चौकासहित ७७ रन बनाएका हुन् । उनलाई व्येक्सले बोल्ड गरेका हुन्। यस्तै केन विलियमसन ९ रन र रूस टेलरले नटआउट ५ रन बनाए। खेल्दैछन्।

यसअघि इंग्लिस इनिङलाई ध्वस्त पार्नेक्रममा न्यूजिल्यान्डका तीव्र गतिका बलर टिम साउदीले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३३ रन खर्चेर ७ विकेट लिए् । विश्वकप क्रिकेटको एकै खेलमा ७ विकेट लिने साउदी चौथो बलर बनेका छन् । विश्वकपमा हालसम्म कसैले पनि ८ विकेट लिन सकेका छैनन् । 

९ ओभर बलिङ गरेका साउदीले ३३ रन खर्चेर ७ विकेट लिएका हुन् । यस्तै इंल्याण्डका लागि जोय रोर्टले सर्वाधिक ४६ रन बनाए । मोइन अलि २० इयोन मोर्गन १७ गेरी ब्यालेन्स १० रन बनाउनु बाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन् ।

विश्वकपको उपाधि जित्न सक्ने टोलीमा हेरिएको न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो। इङल्यान्डका लागि भने समूहगत चरणमा यो दोस्रो खेल हो। पहिलो खेलमा इङल्यान्ड सहआयोजक अस्ट्रेलियासँग उसैको मैदानमा पराजित भएको थियो। इङल्यान्डले समूहगत चरणका अन्य खेलमा श्रीलंका, बंगलादेश, स्कटल्यान्ड र अफगानिस्तानको सामना गर्नु पर्नेछ।

About The Author

अन्य समाचारहरु: