११ असार, धादिङ –
बालबालिकाको चौतर्फी विकासका लागि अभिभावकले खेल्नु पर्ने भुमिकाको विषयमा जानकारी गराउने उद्देश्य चिल्ड्रेनपार्क आवसिय माध्यमिक विद्यालयमा १ दिने अभिमुखिकारण कार्यक्रम संचालन गरिएको छ ।
नेपाल करियर टे«निङ फाउन्डेशन काठमाडौँ र चिल्ड्रेनपार्क आवसिय माध्यमिक विद्यालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कक्षा नरसरि देखि कक्षा ५ सम्मका अभिभावकहरुलाई बालबालिकाको चौतर्फी विकासमा अभिभावकाको भुमिका के कस्तो हुनु पर्छ भन्ने कुराको जानकारी गराइएको थियो ।
बालबालिकाहरुलाई किताबी कोरा ज्ञान मात्र नभई अन्य ज्ञानको पनि आवश्यक पर्ने र ती ज्ञानहरुको उपलब्धतामा अभिभावकको अहम भुमिका हुने कुराको जानकारी गराइएको थियो । नेपाल करियर टे«निङ फाउन्डेशन काठमाडौँका विद्यालय परामर्श प्रमुख राजेन्द्र दाहल र हरिश डिसीले कार्यक्रमको सहजीकरण गरेका थिए ।
नेपाल करियर टे«निङ फाउन्डेशन काठमाडौँले विगत १५ वर्ष देखि विद्यालयको चौतर्फी विकासका लागि विद्यालय परामर्श सेवा दिदैँ आएको छ । कार्यक्रमा विद्यालयका शिक्षक र अभिभावकहरुको उपस्थिती रहेको थियो ।
२०७४ असार ११ गते प्रकाशित