Mon. Mar 10th, 2025

शीर्ष नेताको दौडाहाः सुपतिर देउवा, प्रचण्डले गरे एकै दिन सात सभालाई सम्बोधन

 ९ असार, काठमाडौं ।

प्रमुख दलका प्रमुख नेता चुनावी दौडाहामा छन । आफ्नो पक्षमा माहोल बनाउन सबै पार्टीका शीर्ष नेता देशका विभिन्न ठाउँमा पुगेका छन ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनको लागि शुक्रबारबाट सुदूरपश्चिमको भ्रमणमा जाँदै छन । उनी ६ दिन त्यहाँ रहने छन् ।

देउवाको शुक्रबार कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी ओली बिहीबार गृह जिल्ला झापाबाट फर्केका छन । उनले १० असारमा विराटनगर र इटहरी तथा ११ गते भैरहवा र नवलपरासीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मात्रै बाँके, बर्दिया, कैलालीको सातभन्दा बढी चुनावी सभालाई सम्बोधन गरेका छन । शुक्रबारको दिनभरको कार्यक्रम पनि एकदम टाइट रहेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि दोस्रो चरणको स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि देश दौडाहामा छन ।
नयाँ पत्रिका दैनिकबाट ।
२०७४ असार ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: