Mon. Mar 10th, 2025

कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख पक्राउ

८ असार धादिङ–

सर्वसाधारणमाथि हातपात गरेको आरोपमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका प्रमुख श्रवण जिसी ‘विनोद’ पक्राउ परेका छन ।
पहिलो चरणको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित विनोदले बनेपाको विहे पार्टीमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै सुनकोशी गाउँपालिकाका वाईसियल संयोजकलगायत अन्य उपस्थित अतिथिमाथि हातपात गरेको उजुरी परेपछि बुधबार काभ्रे प्रहरीले पक्राउ गरी उनलाई हिरासतमा राखेको हो ।
उनीमाथि सार्वजनिक मुद्दा लगाएर कारवाही अगाडि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
पटक–पटक विवादमा आइरहने उनीमाथि यसअघि ठोकर्पाकै माओवादी कार्यकर्तामाथि हातपात गरेको भन्दै सिन्धुपाल्चोक प्रहरीमा मुद्दा परेको थियो ।
दैनीक नेपालले खबर लेखेको छ ।
२०७४ असार ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: