Sat. Mar 1st, 2025

किसानलाई हौसला स्वरुप ट्याक्टर

 

६ असार धादिङ।
अगुवा किसानलाई प्रात्साहन स्वरुप जिल्ला कृषि विकास कार्यालय धादिङले ४० वटा ट्याकटर  वितरण गरेको छ । जिल्लाका विभिन्न कृषक समूह र सहकारीमा आवद्ध किसानहरुलाई जिल्ला कृषि विकास कार्यालयले ९० प्रतिशत अनुदानमा ट्याक्टर सहयोग गरेको हो । लामो समयदेखि तरकारी खेती गर्दै आइरहेका किसानहरुले उक्त ट्याक्टर पाएका छन् ।
कृषि क्षेत्रमा राम्रो काम गर्दै आइरहेका किसानहरुलाई हौसला प्रदान गर्ने र कृषि मजदुरको कमी भइरहको समयमा किसानहरुलाई सहयोगसँगै नाफामुखी बनाउने उद्देश्यले अनुदानमा ट्ययाक्टर वितरण गरेको जिल्ला कृषि कार्यालयका प्रमुख केशव देवकोटाले बताए । ‘ट्याक्टरको प्रयोगले किसानको काममा सरलता ल्याउनुका साथै उत्पादन लागत घटाउन र किसानलाई व्यवसायिक बनाउन सहयोग पुग्नेछ’ देवकोटाले भने ।
राष्ट्रिय पुननिर्माण कोष कार्यक्रम अन्तर्गत २९ वटा मात्रै ट्याक्र बाँड्ने कार्यक्रम भएपनि किसानहरुको माग अत्याधिक रहेकोले अन्य कार्यक्रमबाट ११ वटा ट्याक्टर थपेर किसानलाई वितरण गरिएको देवकोटाले जानकारी दिए ।
ट्याक्टर पाएपछि किसानहरु पनि खुसी भएका छन् । कामगर्ने मजदुर (खेताला)को अभाव भइरहेको समयमा ट्याक्टर पाएपछि सहज हुने र कृषिमा आधुनिकीकरण समेत हुने मुलपानीका किसान राजेन्द्र अधिकारीले बताए ।
२०७४ असार ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: