Sat. Mar 1st, 2025

लभ यु बाबाका सौगात संसारकै कान्छो निर्देशक सावित

काठमाडौं, फागुन ८ – आठ वर्षीय बालक सौगात विष्टको नाम विश्वकै कान्छो फिल्म निर्देशकका रुपमा गिनिज वल्र्ड रेकर्डमा लेखिएको छ । सौगातले निर्देशन गरेको फिचर फिल्म ‘लभ यु बाबा’ २६ मंसिरमा देशभर प्रदर्शन भएको थियो । सोही आधारमा गिनिज वल्र्ड रेकर्ड्सले सौगातलाई विश्वकै कान्छो फिल्म निर्देशकको सर्टिफिकेट दिएको हो ।

Saugat-Bista
सौगातका बाबु गजित विष्ट चल्तीका अभिनेता हुन् । दिदी संगम बालकलाकारका रुपमा परिचित छिन् । सानैदेखि फिल्म भनेपछि हुरुक्कै हुनेगरेका सौगातले फिल्म निर्देशनमा रुचि देखाएर सोही अनुरुप आफूलाई तयार पारेका थिए । छोराको रुचि र क्षमतालाई बुझेर बाबु गजितले लभ यु बाबा बनाएका हुन् ।

लभ यु बाबामार्फत छोरा सौगातले संसारकै कान्छो निर्देशकका रुपमा वल्र्ड रेकर्ड बनाएपछि बाबु गजित निकै खुसी छन् ।

About The Author

अन्य समाचारहरु: