Sat. Mar 1st, 2025

गुणात्मक वृद्धिका लागि सहकारी एकिकरण आवश्यक : कडेंल


३ असार, धादिङ –

राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेंलले सहकारी संस्थाहरुको गुणात्मक वृद्धिका लागि सहकारी एकिकरण आवश्यक भएको बताएका छन् ।

संघिय ढाँचामा सहकारी व्यवस्थापन र चुनौती विषयक अन्तरक्रिया र पत्रकारहरु मात्र आवद्धरहेको धादिङ सञ्चार सहकारी संस्थाको छैटौ साधरण सभा सम्वोधन गर्दै संघका वरिष्ठ उपाध्यक्ष कडेंलले राज्यको पूर्नसंरचना भएर धेरै वटा गाविस मिलेर एउटा गाँउपालिका वा नगरपालिका बने जस्तै सहकारी संस्थाहरु पनि एकिकरण गर्नु आवश्यक रहेको बताए । प्रस्तावित सहकारी ऐनले पनि सहकारीको संख्यात्मक भन्दा पनि गुणात्मक सेवा प्रवाहमा जोड दिएको बताए । सहकारी आन्दोलनले पूँजी संकलन तथा परिचालनमा योगदान पुगेको छ कडेंलले भने ।

प्रस्तावित सहकारी ऐनमा महानगरपालिकामा १ वडा, उपमहानगरपालिकामा २ वडा, नगरपालिका भए जोडिएका बढीमा ३ वडा, र गाउँपालिका भए बढीमा एक गाउँपालिका , ऐन प्रारम्भमै सो भन्दा बढी कार्य क्षेत्र भएको भए ३ वर्ष भित्र हिसाव फरफारक गरी प्रक्रिया पु¥याई सीमित गर्नु पर्ने व्यवस्था रहेको राट्रिष्य सहकारी संघका प्रवन्ध सञ्चालक केवि उप्रेतीले बताए ।

जगेडा कोषमा छुट्याएपछि बाँकी बाट कम्तीमा २५ प्रतिशत रकम संरक्षित पूँजी फिर्ता कोषमा वार्षिक जम्मा गर्नु पर्ने छ । जगेडा कोषमा छुट्याएपछि बाँकी बाट ०.५ प्रतिशतले हुन आउने रकम सहकारी प्रवद्र्धन कोषमा वार्षिक जम्मा गर्नु पर्ने छ । सहकारी प्रवद्र्धन कोष राष्टिय सहकारी विकास बोर्डमा रहने छ । सहकारी प्रवद्र्धन कोषको सञ्चालन विधि तोके बमोजिम हुने ऐन प्रूस्ताव भएको उप्रेती बताए ।

जननिर्वाचित संबिधान सभाले वनाएको नेपालको संबिधान २०७२ जारी भएपछि नेपाली जनता यो देशको मालिक भएका छन् । यो देशको शासन व्यवस्था कसरी चलाउने भन्ने निर्णय गर्ने जिम्मा अब नेपालीले नै लिएका छन् । यसकारण अब नेपाली जनताको अगाडि ठूलो जिम्मेवारी आइलागेको छ । अझ संबिधानले स्थानीयतहलाई अधिकार सम्पन्न वनाएको छ । जननिर्वाचित प्रतिनिधिहरुले स्थानीय तह सञ्चालन गर्ने अवस्था आएको छ नेपाल सुचना तथा सञ्चार सहकारी केन्द्रीय संघका अध्यक्ष विष्णुहरी ढकालले बताए ।

धादिङका १३ पालिकामा ४२९ वटा प्रारम्भिक सहकारी ८१ हजार ७६६ जना महिलासहित संस्थाहरुमा १ लाख ३५ हजार १३४ जना शेयर सदस्य रहेकाछन् ।  २ अर्व ४२ करोड ८५ लाख ५१ हजार निक्षेप र १ अर्व ६१ करोड ५७ लाख ९६ हजार शेयर पूँजी रहेको छ ।

कार्यक्रमका अवसरमा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

२०७४ असार ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: