Mon. Mar 10th, 2025

स्थानीय तह पदाधिकारीका लागि बन्यो आचारसंहिता

३ असार, काठमाडौं – 

 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि नमूना आचारसंहिता तयार पारेको छ । मन्त्रालयले आफूले तयार पारेको आचारसंहिता प्रयोगमा ल्याउन सबै गाउँपालिका र नगरपालिकालाई परिपत्रसमेत गरेको छ ।

स्थानीय तहको कानून बनाउन सहयोग गर्ने उद्देश्यले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि नमूना आचारसंहिता तयार पारिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए ।

‘हामीले तयार पारेको आचारसंहिता सम्बन्धित स्थानीय तहले निर्णय गरेर कार्यान्वयन गर्न सक्छन्,’ मन्त्रालयका सहसचिवसमेत रहेका तामाङले भने, ‘स्थानीय तहको निर्वाचनपछि आउने जनपूतिनिधिलाई सहजीकरण गर्ने उद्देश्यले नै मन्त्रालयले आचारसंहिता तयार पारिदिएको हो ।’

मन्त्रालयले हाल जनप्रतिनिधिहरुको आचारसंहिता नबनाइदिएको भए निर्वाचित जनप्रतिनिधि आफैंले आफ्नो आचारसंहिता बनाउनै पर्ने तामाङको कथन छ ।राजधानी दैनिकबाट
२०७४ असार ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: