Mon. Mar 10th, 2025

एमालेले १ नम्बर प्रदेशका जिल्लामा उम्मेदवार छाने

२ असार,  धादिङ –

 

 

नेकपा एमालेले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका गाउँपालिका तथा नगरपालिकामा प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवार छनोट गरेको छ ।

नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइका अनुसार प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहहरुमा पार्टीका तर्फबाट निर्वाचनमा प्रतिष्पर्धा गर्ने उमेदवाहरुको टुंगो लगाएको हो ।

गाउँपालिका तथा नगरपालिकाहरुको १ नम्बर प्रदेश कमिटी तथा उपमहानगर र महानगरपालिकाको स्थायी कमिटीबाट निर्णय भए अनुसार उम्मेदवारको टुंगो लागेको हो ।

२०७४ असार २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: