Thu. Mar 6th, 2025

च्याम्पियन्स ट्रफीः पाकिस्तान फाइनलमा पुग्यो

१ असार –

पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल पुगेको छ । बुधबार राति सकिएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तानले  फाइनलमा स्थान बनाएको हो । २ सय १२ रनको सामान्य लक्ष्य पाकिस्तानले ३७ दशमलव १ ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका अजहर अलीले ७६ र फखर जमानले ५७ रन बनाए ।
यस्तै बाबर आजमले नटआउट ३८ तथा मोहम्मद हाफिजले नटआउट ३१ रन बनाए । यसअघि कार्डिफमा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्ड २ सय ११ रनमा अलआउट भएको थियो । पाकिस्तानका हसन अलीले तीन विकेट लिएको खेलमा इंग्ल्याण्डका जोए रुटले सबैभन्दा धेरै ४६ रन बनाए ।

पाकिस्तानको जितसँगै च्याम्पियन्स ट्रफीको उपाधि दक्षिण एसियामा आउने निश्चित भएको छ । प्रतियोगिताको अर्को सेमिफाइनलमा बिहीबार भारत र बंगलादेश खेल्दैछन ।
२०७४ असार १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: