Sun. Mar 16th, 2025

लण्डनमा आगलागी : मृत्यु हुनेको संख्या १२ पुग्यो


१ असार, लण्डन  –

 

लण्डनको एक भवनमा भीषण आगलागी हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा आगलागी भएको हो । आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अग्निनियन्त्रकले ६५ जनालार्य सकुशल उद्धार गरेका छन् । २४ तले ग्रेनफेल टावरमा एक सय २० फ्ल्याट रहेको र आगोले सबै जसो फ्ल्याटमा क्षति पुगेको छ ।

आगलागी भएका बेला टावरमा सयौं मानिस रहेको र धेरैजसो सुतिरहेका थिए । टावरमा अझै पनि केही मानिस फसेको र केही बच्ने प्रयासमा झ्यालबाट हामफालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रधानमन्त्री टिरिजा मेले घटनाको विषयमा पूर्ण अनुसन्धान हुने बताउनुभएको छ । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । आगलागीमा परि घाइते भएका ७८ जनाको लण्डनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

२०७४ असार १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: