Wed. Nov 27th, 2024

बाल शिक्षिकालाई आधारभुत तहको तालिम प्रदान


दोलख गुरुङ / ३१ जेठ,  धादिङ –

 
बाल शिक्षिकाहरुलाई आधारभूत तालिम प्रदान गरिएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ आरुघाट स्थित चुलिदेवि माध्यमिक विद्यालय र सदरमुकाम धादिङबेसीमा तेस्रो तथा अन्तिम चरणको आधारभूत तालिम संचालन गरिएको थियो ।

शैक्षिक आयाम नेपाल धादिङको आयोजना, जिल्ला शिक्षा कार्यालय धादिङको संयोजन, अर्लि चाइल्डहुड एजुकेशन सेन्टर नेपालको प्राविधिक सहयोग तथा हिमाल पार्टनर नर्वेको आर्थिक सहयोगमा संचालित तालिममा चुलिदेवि मा.वि.आरुघाटमा साविकको बुढाथुम र सल्यान्टार स्रोत केन्द्रका २५ जना बाल शिक्षिकाहरुको सहभागिता रहेको थियो, भने सदरमुकाम धादिङबेसिमा साविकको सुनौलाबजार र सिम्ले स्रोत केन्द्रका २५ जना बाल शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

अन्तिम तथा तेस्रो चरणको तालिममा सहभागी शिक्षिकाहरुलाइ अघिल्लो दुई चरणमा पनि सहभागि गराएको थियो । अघिल्लो चरणको तालिमबाट धेरै ज्ञान र सीप सिकेका शिक्षिकाहरु यो अन्तिम चरणको ६ दिन सम्म सञ्चालन भएको तालिमबाट अझै  धेरै कुरा सिकेको र आफ्ना साना–साना बालबालिकाहरुलाई पठन–पाठन गराउन आत्माविश्वास बढ्नुका साथै सरल र सजिलो भएको तालिममा सहभागी गंगाजमुना गाउँपालिका वडा नम्बर ७ बुढाथुमस्थित बद्री विशाल मा.वि का बालशिक्षिका देउती कडेल अधिकारीले बताइन् ।

तालिममा सहभागी चुलिदेवि मा.वि.का शिक्षिका सानी सुचिकारलेसाना–साना बाल बालिकाहरुलाई पढाउन र सिकाउन गाह्रो भएपनि तालिममा सिकेका सिकाइका विभिन्न विधिहरुको अनुसरण गरि दैनिक , मासिक, चौमासिक र बार्षिक पाठयोजना बनाई गाउने, नचाउने , खेलाउने ,कथा बाचन, घेरा समय आदि विभिन्न बाल मैत्रि शिक्षण सिकाइ विधिहरुको प्रयोग गरि बालबालिकाको चौतर्फि विकास गराई सिकाई प्रकृयालाइ प्रभावकारी बनाउन सकिने बताए ।साथै शिक्षिका सुचिकारले आगामी दिनहरुमा पनि यस्तो तालिमहरुको आयोजना गरिदिन आयोजक संस्थासँग अनुरोध गरेका छन् ।

२०७४ जेठ ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: