

३१ जेठ, लण्डन –
बेलायतको पश्चिमी लण्डनको ल्याटिमेर रोडस्थित २४ तल्ले भवनमा भीषण आगलागी भएको छ । भवनभित्र सयौं मानिस थुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो । आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । ४० वटा दमकल झण्डै २ सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । घटनामा घाइते भएका ३० जनालाइ अस्पताल भर्ना गरिएको छ ।
भवनको पुरै भाग जलेको जलेको छ भने आगो भवनको भित्री भागसम्म फैलिएको छ । लण्डनका मेयर सादिक खानले घटनालाई एउटा मुख्य घटना हुनसक्ने र निकै ठूलो क्षति हुने बताएका छन् । भवनभित्र कति मानिस थिए र उनीहरुको अवस्था के छ भन्ने बारे कुनै यकिन जानकारी नभएको घटनास्थलमा खटिएका अधिकारीले जनाएका छन् ।
२०७४ जेठ ३१ गते प्रकाशित