Mon. Nov 25th, 2024

चाइनाको गेजुवा कम्पनीले सुरु ग¥यो बुढिगण्डकीको काम

३० जेठ, धादिङ–

 

 

धादिङ र गोरखाको सिमानामा निमार्ण हुन लागेको जलाशययुक्त बुढिगण्डकी आयोजनाको काम चिनिया कम्पनीले सुरु गरेको छ । नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) बीच भएको सम्झौता अनुसार काम सुरु गरेको हो । गेजुवाका कन्ट्री डाइरेक्टर युवान झिसुङ सहित विज्ञ र इन्जिनियरहरुको टोलीले सोमबारदेखि नै पुन अध्ययनको काम गरिरहेको गेजुवा कम्पनीका जनसम्पर्क अधिकृत ओमबन्दु कार्कीले बताए ।

अबको करिब ६ महिनाभित्रमा पुन अध्ययनको काम सम्पन्न गर्ने र त्यसपछि तत्काल अन्य काम सुरु गरिने उनले जानकारी दिए ।    काम सुरु गरेको बढिमा ६ वर्षमा जलाशययुक्त आयोजना निर्माण सम्पन्न गरिसक्ने कम्पनीले जनाएको छ । निर्माणको काम सुरु भएपछि दैनिक १० हजारको हाराहारीमा जनशक्ति परिचालन हुने जनसम्पर्क अधिकृत कार्कीले जानकारी दिए । ‘६ महिनामा पुनः अध्ययन सकिनेछ, त्यसको ६ वर्षभित्रमा निर्माणको काम सकिनेछ’ कार्कीले भने ।

उनका अनुसार आयोजनाको कामको लागि त्रिशुली नदिमा नयाँ मोटरेबल पुल बन्नेछ । हाल भएको पुलबाट हेभी इक्वीमेन्ट त्रिसुली तार्न सम्भव नहुने भएकोले अर्काे पुल निर्माणको आवश्वकता रहेको कार्कीको भनाई छ ।   नेपाल सरकार र गेजुवा कम्पनीबीच गत जेठ २१ गते आइतबार १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएको एक साता पछिबाटै गेजुवाले निर्माणस्थलको पुन अध्ययनको काम सुरु गरेको हो ।

जेठ ९ गते बसेको मन्त्री परिषदको बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई दिने निर्णय गरेको थियो । जेठ २१ गते आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र सीजीजीसी प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रिय गौरव मानिएको १२ सय मेगावार्टको बूढीगण्डकी आयोजनाबाट धादिङ र गोरखाको गरी ३५ सय ६० घर डुवानमा गर्नेछन् । बुढिगण्डकी जलविद्युत आयोजना विकास समितिका अनुसार दुई जिल्लाका ५८ हजार रोपनी जग्गा ओगेट्नेछ ।

२०७४ साल जेठ ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: