
२९ जेठ, साउदी –
साउदीमा काम गर्ने नेपाली सहित अप्रवासी कामदारले मासिक १ सय रियाल ‘लेभि’ तिर्नुपर्ने भएको छ । साउदीमा कार्यरत आप्रवासीले आगामी महिनाबाट प्रत्येक महिना १ सय रियाल ‘लेभि’ बुझाउनु पर्ने साउदीले जनाएको छ । यो नियम जुलाई १ अर्थात आगामी असार १७ गतेबाट लागु हुने जनाएको छ ।
अहिले साउदीमा कार्यरत आप्रवासी कामदारको लागि प्रत्येक महिना २ सय रियाल सम्म ‘लेभि’ कम्पनीले नै बुझाउँदै आएको थियो । तर यसले साउदीको राजस्वमा घाटा भएको भन्दै कामदारबाट लिने नियम ल्याइएको साउदीले जनाएको छ ।
सुरुमा एक सय रियाल ‘लेभि’ लिएपनि वर्षेनी यो रकम बढाउँने र सन् २०२० सम्म ४ सय रियाल लेभि पु¥याउने साउदीको लक्ष्य रहेको छ । देशको राजस्व वृद्धिको लागि भन्दै साउदीले यस्तो नियम ल्याएको हो ।
२०७४ जेठ २९ गते प्रकाशित