Mon. Mar 10th, 2025

किन पक्राउ पर्दैछन विप्लवका नेता–कार्यकर्ता ?

२६ जेठ, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता धमाधम पक्राउ परेका छन । स्थानीय तह निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपाका नेता–कार्यकर्तालाई सरकारले निर्वाचन बिथोल्न सक्ने आशंकामा जहाँ भेटियो त्यहीँ पक्राउ गर्न थालेका छन् ।

नेकपाका केन्द्रीय कार्यालयका सचिव भेषराजले देशभरबाट झन्डै दुई सयको हाराहारीमा नेता–कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका नेता–कार्यकर्तालाई सार्वजनिक (अपराध र सजाय) ऐन, २०१७ का आधारमा हिरासतमा राखिएको छ ।
नयाँ पत्रिका दैनिकबाट ।
२०७४ साल जेठ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: