Mon. Mar 10th, 2025

राजपालाई चुनावमा जान कानुनी बाधा फुक्यो, अब के गर्ला ?

२६ जेठ, काठमाडौं ।

राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गरिएको छ । संसद्को बिहीबारको बैठकले स्थानीय तह निर्वाचन ऐनको दफा १८ संशोधन गर्न सरकारले ल्याएको प्रस्ताव बहुमतले पारित गरेको हो ।

सरकारले राजपालाई निर्वाचनमा सहभागी गराउन भन्दै दफा १८ मा रहेको दलको तर्फबाट उम्मेदवारी मनोनयनको टिकट वितरण गर्ने व्यक्तिको नमूना हस्ताक्षर दर्ता हुने औपचारिक मितिभन्दा १५ दिनअघि आयोगलाई बुझाउनुपर्ने व्यवस्था संशोधन गर्न विधेयक दर्ता गराएको थियो ।

दोस्रो चरणको निर्वाचन पटकपटक सार्दै सरकारले तराईमा आन्दोलन गरिरहेको दल राजपालाई मनाउन ऐन संशोधन गरेको हो ।

सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा ल्याउन स्थानीय तह निर्वाचन ऐन संशोधन गरे पनि उसले अझै ग्रिन सिग्नल दिएको छैन । ऐन संशोधनले राजपालाई चुनावमा भाग लिन बाटो खुले पनि उसले संविधान संशोधनबिना चुनावमा भाग लिन नसकिने अडान दोहोर्याएको छ ।
 नागरिक दैनिकबाट  ।
२०७४ जेठ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: