Thu. Mar 6th, 2025

नेपाल भारतसँग २–० ले पराजित

२४ जेठ काठमाण्डौं –

मंगलबार भएको भारत र नेपाल बीचको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाल भारत सँग २–० गोल अन्तरले पराजित भएको छ ।
५९ औँ मिनेटमा भारतले पहिलो गोल गरेको हो । ६७ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जन रातो काड पाएर बाहिरिए । १० खेलाडीमा सिमित नेपालविरुद्ध ७८ औँ मिनेटमा भारतले दोस्रो गोल गरेर २–० गोल अन्तरले विजयी भयो।
एसियन कपको तयारीमै रहेको भारतकै निमन्त्रणामा नेपाल भारतसँग मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा मैत्रीपूर्ण खेल खेलेको हो । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्द भएपछि भारतले नेपाललाई बोलाएको थियो ।
भारत र नेपालबिच पछिल्लो पटक साफ च्याम्पियनसिप अन्तर्गत २०७२ को पुसमा खेल भएको थियो । त्यसपछि पहिलो पटक मंगलबार दुई देशबिच खेल भएको हो । आउँदो मंगलबार एसियन कप छनौट अन्तर्गत यमनसँग नेपाल र भारतले पनि त्यही दिन बैंगलोरमा किर्गिस्तानसँग खेल्ने छ ।
२०७४ साल  जेठ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: