Mon. Mar 10th, 2025

प्रधानमन्त्रीको शपथग्रहण आजः पहिलो चरणमा छरितो मन्त्रिमण्डल

२४ जेठ, काठमाडौं ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज छरितो मन्त्रिमण्डलसहित पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन ।  शीतल निवासमा मध्याह्न हुने शपथग्रहण कार्यक्रममा देउवाले माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सहभागी हुने मन्त्रीहरुलाई समेटेर सानो मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य गरेका छन ।
पहिलो चरणमा सानो मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका देउवा शपथग्रहण कार्यक्रममा कांग्रेसबाट दुईजना, माओवादी केन्द्रबाट दुई तथा फोरम लोकतान्त्रिकबाट एकजनालाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा जुटेका छन् ।
नेपाली कांग्रेसबाट गोपालमान श्रेष्ठ, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की पहिलो चरणको मन्त्रिमण्डलमा समावेश हुने सम्भावना छ ।
राजधानी दैनिकबाट ।
२०७४ साल जेठ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: