
२३ जेठ, धादिङ –
धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। लु १ ज २६७४ नम्बरको बुटवलबाट काठमान्डौं जाँदै गरेको माइक्रोको ठक्करबाट स्थानीय बन्दना परियार र गंगा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बन्दनाको घटनास्थलमै र गंगाको उपचारको लागि काठमाण्डौ लगिदै गर्दा मृत्यु भएको हो । घटनापछि आक्रोसित स्थानीयले माइक्रोबसमा आगजनी गरेका छन्।
सडक छेउमा हिँड्दै गरेको पैदलयात्रीलाई तिब्र गतिमा कुदेको माइक्रोले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको लापरबाहिले ज्यान गएको भन्दै आक्रोसित स्थानीयले माइक्रोमा आगो लगाइदिएका छन्। पृथ्बीराजमार्ग दुबै तर्फ बन्द छ। प्रहरी टोलि घटमा स्थल पुगेको छ।
२०७४ जेठ २३ गते प्रकाशित