Tue. Nov 26th, 2024

धादिङमा उद्योग तथा व्यवसाय दर्ता हुने क्रम बढ्दै

२३ जेठ, धादिङ – 

धादिङमा पछिल्लो समय उद्योग तथा व्यवसाय दर्ता गराउनेको संख्या बढेको छ ।

घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय धादिङमा अघिल्लो आर्थिक वर्षमा साना तथा घरेलु उद्योग तथा वाणिज्यतर्फ गरि जम्मा ९ सय ६९ उद्योग दर्ता भएकोमा चालु आर्थिक वर्षको साउन महिनादेखि आजसम्मको तथ्याङ्क हेर्दा ९ सय ८४ वटा उद्योग दर्ता भएको कार्यालयले जनाएको छ ।

उद्योग दर्ताक्रम बढेसँगै यो वर्ष राजस्व संकलनमा पनि वृद्धि भएको छ । कार्यालयले अघिल्लो आर्थिक वर्ष ७५ लाख ११ हजार ४ सय ८५ रुपैया मात्र राजस्व संकलन गरेको थियो तर चालु आर्थिक वर्षको साउन महिनादेखि आजसम्म मात्रै उद्योग र वाणिज्य प्रशासनसम्बन्धी सेवाबाट ८४ लाख ५ हजार ५५ रुपैैया राजस्व संकलन भइसकेको छ ।

यसरी हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय धादिङमा अझै राजस्वमा वृद्धि हुने देखिन्छ ।

कार्यालयमार्फत प्रदान गरिने उद्योग दर्ता, व्यापार– व्यवसाय दर्ता , नवीकरण, नामसारी, ठाउँसारीलगायत प्रशासनिक सेवाबाट राजस्व संकनल भएको हो । चालु आर्थिक वर्षको साउन महिनादेखि आजसम्म कार्यालयबाट उद्योग दर्ता ९ सय ८४ वटा, नवीकरण २ सय ८७ वटा, नामसारी १० र ठाउँसारी २ वटा भएका छन् ।

प्रमुख उद्योग अधिकृत केदार कुमार खड्काले चेतना बढेका कारण राजस्व पनि बढेको बताए ।
२०७४ जेठ २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: