Thu. Mar 6th, 2025

फ्रेन्च ओपन टेनिसः मुर्रे र निशिकोरी अन्तिम ८ मा

२३ जेठ  – विश्व नम्बर एक एण्डी मुर्रे फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन । सोमबार बेलुका भएको खेलमा सुरुका कारेन खाचानोभलाई हराउँदै बेलायती मुर्रेले अन्तिम ८ मा स्थान पक्का गरेका हुन्।
उनले खाचानोभलाई ६–३, ६–४ र ६–४ को सेटमा हराएका हुन् । मुर्रेले क्वाटरफाइनलमा आठौं बरियताका जापानी खेलाडी केइ निशिकोरीसँग प्रतिस्पर्धा गर्ने छन ।
निशिकोरीले स्पेनिस खेलाडी फर्नान्डो वेर्डास्कोलाई ०–६, ६–४, ६–४ र ६–० को सेटमा हराएर मुर्रेसँगको भेट पक्का गरेका हुन । पहिलो सेट गुमाएका निशिकोरीले त्यसपछिका सेटमा पुनरागमन गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन ।

About The Author

अन्य समाचारहरु: