
समग्र बिकास सेवा केन्द्र र गरिबी निवारण कोष संगको साझेदारीमा धादिङमा सञ्चालन हुदै आएको गरिबी निवारण कार्यक्रमको लागि तल उल्लेख गरे बमोजिमको कर्मचारी आवश्यकता परेकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट प्रथम पटक सुचना प्रकाशित भएको मितिले (७) सात दिन भित्र रितपूर्वकको आवेदन आव्हान गरिन्छ ।
बिज्ञापन नं : समग्र ३ २०७३/०७४
पद : सामाजिक परिचालक
संख्या : २ (दुई) जना
प्रमुख जिम्मेवारी
– सामुदायिक संस्थाहरुको मासिक, चौमासिक र बार्षिक योजना निर्माण तथा कार्यान्वयनमा सहयोग गर्ने
– सामाजिक परिचालन गर्ने
– खानेपानी, सेल्टर,साना पूर्वाधार बिषय सम्वन्धी योजना निर्माण तथा कार्यान्वयनमा सहयोग गर्ने
– मासिक, चौमासिक तथा बार्षिक प्रतिवेदन तयारी गर्ने र अन्य गरीवी निवारण कोषको कार्यक्रम निर्देशिका अनुसार
आवश्यक योग्यता
– प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्र्तिण गरी सामाजिक परिचालनमा २ वर्षको अनुभव भएको
– कम्प्युटर संवन्धी साक्षर भएको
– स्थानीय उम्मेदवार
– आदिवासी जनजाति, महिला तथा सिमान्तकृत समुदायका उम्मेदवारलाई विशेष प्राथामिकता
करार अवधी : २०७४ असार मसान्त सम्म ( गरिबी निवारण कोष संगको संझौताको आधारमा करार अवधी थप गर्न सकिने छ )
पारिश्रमीक : गरीवी निवारण कोषले व्यवस्था गरेअनुसार ।
कार्यक्षेत्रः गंगाजमूना गाउँपालिका वडा नं. १ र २ ( साविकको रि गाविस) र थाक्रे गाँउपालिका वडा नं.४ र ५ ( साविकको तसर्पु गाविस)
परीक्षको किसिमः लिखित, मौखितक तथा प्रयोगात्मक
दरखास्त बुझाउने ठेगाना : समग्र बिकास सेवा केन्द्र, धादिङ शाखा नीलकण्ठ नगरपालिका वडा न ३ पुछार बजार तथा केन्द्रीय कार्यालय, चावहिल, काठमाण्डौ
ईमेल : info@samagra-nepal.org.np;
weweweation@gmail.com
दरखास्त बुझाउने अन्तीम मिति : २०७४।०२।२० गते, कार्यालय समय सम्म
नोट : दलित, जनजाती,महिला,तथा अल्प संख्यकलाई बिशेष ग्राह्यता दिईने छ । प्रारम्भिक छनौटमा परेका उमेद्वारहरुलाई मात्र अन्य छनौट प्रक्रियामा सहभागी गराईने छ । पदपुर्ती सम्वन्धी सम्पूर्ण अधिकार समग्र बिकास सेवा केन्द्र HDSC, मा निहित रहने छ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिने छ ।
कर्मचारी छनौट समिति
समग्र बिकास सेवा केन्द्र ज्म्क्ऋ