१५ जेठ, धादिङ –
सरकारले आगामी वर्ष २०७४/ ७५ को लागि १२ खर्ब, ७८ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ।
विनियोजित रकममध्ये आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार रुपैयाँ चालुतर्फ र तीन खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार रुपैयाँ पुँजीगततर्फ र वित्तिय व्यवस्थातर्फ १ खर्ब ४० अर्ब २८ करोड रुपैयाँ छुट्याइएको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट प्रस्तुत गरेका हुन् । बजेट संविधान कार्यान्वयन, संघियता कार्यान्वयन भूकम्प पीडितलाई राहत, रोजगार बृद्धि कृषि आधुनिकिकरण,जलविद्युतमा लगानी, सडक र पर्यटन विस्तार लगायतका विषयमा बजेट केन्द्रीत रहेको महराले बताए।
त्यस्तै स्थानीय तहका लागि २ खर्व २५ अर्व ५ करोड ४५ लाख ९१ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।
बुढिगण्डकी जलविद्युत आयोजनाका लागि १० अर्ब १७ करोड बजेट विनियोजन गरेको छ भने नागढुंगा-नौबिसे सुरूङमार्गका लागि ५ अर्व ५४ करोड बिनियोजन गरेको छ ।
खेलकुदका लागि २ अर्व २४ करोड बिनियोजन गरेको छ ।
२०७४ जेठ १५ गते प्रकाशित