Fri. Feb 28th, 2025

आज प्रजातन्त्र दिवस, धादिङमा प्रभातफेरी

७ फागुन, धादिङ । ६५ औं प्रजातन्त्र दिवस देशभरमा विभिन्न कार्र्यक्रम गरी मनादैछ । धादिङका राजनीतिक दल, नागरिक समाज र सरकारी कार्यालयका प्रखुहरुले सदरमुकाम धादिङबेसीमा प्रभातफेरी निकालेका छन् ।

p 5
पुछारबजारबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गर्दै जिल्ला विकास समितिको प्राङ्गढमा पुगेर औपचारिक कार्यक्रम सहित सम्पन्न भएको हो ।
प्रजातन्त्र दिवस जिल्ला मुल समारोह समिति धादिङको अगुवाइमा भएको प्रभातफेरी पछि भएको एक विशेष कार्यक्रम सहित प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले झण्डोत्तोलन गरेका छन् । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी दिएका छन् ।
दिवसको अवसरमा धादिङका राजनीतिक दल, नागरिक समाज र सरकारी कार्यालयका प्रमुखहरुले प्रजातन्त्रको लागि ज्यानको बाजी लगाउने शहीदप्रति सम्मान व्यक्त गरेका छन् । नेपाली नागरिकका लागि सबै मिलेर नयाँ लोकतान्त्रिक संविधान जतिसक्दो चाँडो जारी गर्न सकियोस भन्ने कामना गरेका छन् । कार्यक्रममा सहभागीहरुले सहमतिका साथ संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

p 3

About The Author

अन्य समाचारहरु: