१३ जेठ, धादिङ- अमेरिकाले गरेको हवाई आक्रमणमा सिरियामा ८० जनाको मृत्यु भएको छ ।
चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको शहर मायादीनमा अमेरिकाले कारबाही गरेको दावी गरेको छ ।
कारबाहीमा मारिने बालबालिकाहरु पनि रहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
अमेरिकी सेनाले पनि यस क्षेत्रमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ भने क्षतिको समीक्षा गरिरहेको जनाएको छ ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार विभागका वरिष्ठ अधिकारीले भने लडाईमा सहभागी सबै देशको वायुसेनाले आक्रमणको समयमा नागरिक तथा सैनिक अड्डाको दुरीको बारेमा ध्यान राख्न अपिल गरेको छ ।
२०७४ जेठ १३ गते प्रकाशित