
९ जेठ, धादिङ –
बेलायतको म्यानचेष्टर शहरमा बिस्फोटक आक्रमण हुँदा १९ जनाको ज्यान गएको छ । ५० जना भन्दा धेरै घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार सांगितिक कन्सर्टपछि विस्फोट भएको हो । विस्फोटपछि प्रहरीले कन्सर्ट भएको वरपरमा हिँडडुल गर्न रोक लगाएको छ । विस्फोट कसले र किन गरायो भन्ने बारे पुष्टि भएको छैन ।
कन्सर्टमा एरियाना ग्राण्डले गीत गाएपछि विस्फोट भएको थियो । प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाइरहेको जनाएको छ । आतंकवादी आक्रमण भएको प्रहरीको आशंका छ ।
२०७४ जेठ ९ गते प्रकाशित