१ जेठ, धादिङ –
धादिङका विभिन्न पालिकाहरुमा मतगणना सुरु गरिएको छ । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा १ लाख ५४ हजार ३ सय ७४ जनाले मतदान गरेका थिए ।
२ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लामा २ लाख ६ हजार २ मतदाता रहेका छन् । कुल मतको ७४.९३ प्रतिशत मत खसेको हो ।
अहिले जिल्लाको धुनीबेसी नगरपालिका, गजुरी गाउँपालिका र नेत्रावती गाउँपालिकामा मतगणना सुरु गरिएको छ । अन्य स्थानीय तहहरुमा भने सर्वदलिय बैठक बसिरहेको छ ।
धुनीबेसी नगरपालिकामा कुल २० हजार ९ सय ७२ मतदाता मध्ये १६ हजार २ सय ८० मत खसेको थियो ।
त्यस्तै नेत्रावती गाउँपालिकामा ८ हजार ६ सय ८६ मध्ये ५ हजार ९ सय २ र गजुरी गाउँपालिकामा १४ हजार १ सय ६९ मध्ये १० हजार ७ सय ४६ मत खसेको थियो ।
२०७४ जेठ १ गते प्रकाशित