३० वैशाख, काठमाडौं –
सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै स्थानीय तह निर्वाचनको मतदान सुरु हुन ३६ घन्टा बाँकी रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचनका लागि मौन अवधि सुरु भएपछि आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित पार्ने गरी कैलालीको टीकापुर घटनाका पीडितका नाममा १५ करोडभन्दा बढी रुपैयाँ बाँड्ने निर्णय गरेको हो ।
स्थानीय तहको निर्वाचनअन्तर्गत पहिलो चरणमा प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा दुई सय ८३ स्थानीय तहमा आइतबार मतदान हुँदैछ । बाँकी १, २, ५ र ७ प्रदेशका स्थानीय तहका प्रतिनिधि चुन्न दोस्रो चरणमा जेठ ३१ मा मतदान हुने कार्यक्रम छ । नागरिक दैनिकबाट
२०७४ वैशाख ३० गते प्रकाशित